Sagun Khabar
दार्चुलामा जेठ २० गते सम्म निषेधाज्ञा थपियो
स्वास्थ्य सन्देश
Atrya hospital

 दार्चुला –जिल्ला प्रशासन कार्यालय दार्चुलाले जेठ २० गते सम्म निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले जेठ २० गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए  ।

यसअघि दार्चुलामा जेठ १० गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । कोरोना भाईरसको संक्रमण कम नभएकाले निषेधाज्ञा थप गरिएको प्रशासनले प्रकाशन गरेको सूचना उल्लेख गरिएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update