Sagun Khabar
भ्रष्टाचार गरे पार्टीले कारवाही गर्ने : कांग्रेस प्रदेश सभापति बलायर

 कैलाली –नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले भ्रष्टाचार गरे पार्टीले कारबाही गर्ने बताएका छन् । 

पार्टीबाट सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा निर्वाचित नगर प्रमुख, उपप्रमुख,गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुका लागि आयोजना गरिएको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

पार्टीको टिकटबाट जनप्रतिनिधि भएको भन्दै राम्रो काम गरेमा पार्टीको नाम उच्च रहने र नराम्रो काम गरेमा पार्टीको बदनाम हुने भएकाले जनताको मन जित्ने हिसाबले काम गर्न उनले निर्देशन दिए । 

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले आर्थिक अनियमितता, गलत काम गरेको पाइएमा पार्टीले कारवाही गर्ने सभापति बलायरले बताए । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट जितेका स्थानीय तहको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update