Sagun Khabar
जिसस कैलालीको प्रमुखमा कांग्रेसका कलेल र उपप्रमुखमा माओवादीका भुसाल विजयी 

कैलाली –जिल्ला समन्वय समिति कैलालीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । समितिको प्रमुखमा काँग्रेसका पदमबहादुर कलेल विजयी भएका हुन् । उनले १३ मत पाए भने उनका प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका  इन्द्र चौधरीले १२ मत पाए । 

उपप्रमुखमा माओवादी केन्द्रका खगराज भुसाल १३ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी  एमालेका राजेन्द्र खनालले १२ मत पाए । 

स्वास्थ्य सन्देश
Atrya hospital

कैलालीमा सत्ता गठबन्धनअन्तर्गत काँग्रेस, माओवादी र एकीकृत समाजवादीले जिससको चुनावमा तालमेल गरेका थिए । उनीहरुको मत १२ थियो । गठबन्धनका उम्मेदवारलाई धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार भएर विजयी भएका गोपाल हमालले पनि साथ दिएका छन् । 

यस्तै नागरिक उन्मुक्ति र एमालेबीच छुट्टै तालमेल भएको थियो ।  ती दुबै पार्टीसग पनि १२ मत थियो । भ्रष्टाचार मुद्दाका कारण माओवादी केन्द्रबाट निर्वाचित मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले भने मतदान गर्न पाएनन् । 

यस्तै जिल्ला समन्वय समितिको सदस्यमा कांग्रेसबाट बिर्खबहादुर बुढा र तेजबहादुर चन्द, नेकपा एकीकृत समाजवादीबाट जानकी चौधरी र लोकेन्द्रबहादुर ताडी, माओवादीबाट दिलु कामी र नागरिक उन्मुक्ति पार्टीबाट सरिता भुल विजयी भएका छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update