Sagun Khabar
प्रधानमन्त्री देउवाद्वारा धनगढी उपमहानगरपालिकाको नयाँ भवन उद्दघाटन 

कैलाली –प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले शनिबार धनगढी उपमहानगरको नवनिर्मित भवन उद्घाटन गरेका हुन् । 

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सरिक हुन हिजो कञ्चनपुर आएका प्रधानमन्त्रीले आज धनगढीमा भवनको उद्दद्धघाटन गरेका हुन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

त्यस्तै, नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिले आयोजना गरेको स्थानीय पालिकाहरूमा निर्वाचित नौ ओटै स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान र शुभकामना आदानप्रदान कार्यक्रममा पनि प्रधानमन्त्री देउवा हिजोसहभागी भएका थिए । 

यसैबीच हिजो नै सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएर धनगढी पुगेका प्रधानमन्त्री देउवासँग उपमहानगरपालिकाका मेयर गोपाल हमालले पनि भेट गरेका थिए । 
 

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update