Sagun Khabar
गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँछु : प्रधानमन्त्री देउवा 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएका छन् । शनिबार धनगढी उपमहानगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएका हुन् । 

भवन उद्घाटन सभामा उपमहानगरपालिकाका मेयर गोपाल हमालले गेटालाई मेडिकल विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रधानमन्त्री समक्ष माग राखेका थिए । सोही सभामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने विषय उल्लेख गरेका थिए । यस विषयमा प्रधानमन्त्री देउवा पनि सकारात्मक देखिएका हुन् । 

गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन मन्त्रीपरिषद्बाट निर्णय गर्ने र कानुन बनाएर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने प्रधानमन्त्री देउवाले बताए । 
 

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update