Sagun Khabar
बैतडीः सुर्नयाको  उदयदेव मावि पालिगडामा पानीको अभाव  

बैतडी-  बैतडीको सुर्नया गाउँपालिका ४ स्थित उदयदेव मावि पालिगडामा खानेपानीको अभाव भएको छ । विगत लामो समय देखि विद्यालयमा खानेपानी अभाव भएको हो ।

खोनपानीको अभाव हुँदा समस्या भएको विद्यार्थाीहरुले जनाएका छन् । विद्यालयमा खानेपानी अभाव हुँदा विद्यार्थीहरु स्थानीयहरुको घरमा गएर पानी पिउन बाध्य भएका भूत पूर्व विद्यार्थी जयन्त प्रशाद भट्टले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

पानी अभावले शौचालयहरु पनि प्रयोग विहिन बनेका छन भने शिक्षक विद्यार्थीहरु समस्यामा छन् । यसरि विद्यालयमा पानी नहुँदा विद्यार्थीहरु बाहिर जाने भएकाले पढाइमा पनि बाधा पुग्ने गरेको बताइएका्े छ । खानेपानीको अभाव भएपनि सम्बन्धीत निकायले भने चासो नदिएको  विद्यार्थीहरुको गुनासो छ ।

यता विद्यालयका प्रधानाध्यापक कालु सिंह साउँदले डेढ वर्ष देखि विद्यालयमा खानेपानीको अभाव भएको बताउनुभयो । सत्तबाँझ सिरभार सडकखण्ड विस्तारका क्रममा पानीको मुहान लगायत पाइपहरुमा क्षती पुगेर विद्यालयमा खानेपानीको समस्या भएको उनले बताए ।

सडक खन्दा पाइपलान र मुहानै पुरिएपछि अहिले विद्यालयमा पानीको समस्या भएको प्रधानाध्यापक साउँदले बताए । पानीको अभाव बारे वडा सरकारलाइ अवगत गराएको जनाउदै विद्यालय परिवारले समस्या सामाधान हुनेमा आशावादी  रहेको  जनाएको  छ ।   

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update