Sagun Khabar
सुदूरपश्चिमको बजेटको पक्षमा उभिन माओवादीद्वारा ह्वीप जारी
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारले ल्याएको बजेटको पक्षमा उभिन सांसदहरुलाई ह्वीप जारी गरेको  छ। 

शनिबार मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता त्रिलोचन भट्टको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा उभिने निर्णय गर्दै ह्वीप जारी गरेको हो।

असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्षको बजेट संशोधनको माग गर्दै सत्तारुढ दलकै सांसदहरुले प्रदेशसभा चल्न नदिने चेतावनी दिएका छन्। अहिलेसम्म सांसदहरुको रुष्टताका कारण बैठक बस्न सकेको छैन।

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update