Sagun Khabar
कांग्रेस बैतडीले चुनावी समीक्षा गर्ने 

बैतडी –नेपाली कांग्रेस बैतडीले स्थानीय तह निर्वाचनको समीक्षा गर्ने भएको छ । स्थानीय तह चुनावमा पार्टीले प्राप्त गरेको मतका बिषयमा छलफल गर्न वडा कार्यसमिति देखि नै छलफल गर्न आग्रह गरिएको छ । 

नेपाली कांग्रेस जिल्ला कार्यसमितिले सबै वडा, पालिका र प्रदेश सभा क्षेत्रीय कार्यसमितिलाई पत्र लेख्दै चुनावी समीक्षा गर्न आग्रह गरेको नेपाली कांग्रेस बैतडीका कार्यालय सचिव अनिलकुमार बिष्टले बताए । 

यही असार २१ गते ८४ ओटै वडा कार्यसमितिलाई बैठक बोलाएर चुनावी समीक्षा गर्न भनिएको छ भने असार २३ गते पालिका कार्यसमितिको बैठक बोलाउन भनिएको छ । यस्तै असार २५ गते प्रदेश सभा क्षेत्रीय कार्यसमिति बैठक बोलाउने र असार २७ गते जिल्ला कार्यसमितिको बैठक बस्ने कार्यालय सचिव बिष्टले बताए । 

बैठकमा नेपाली कांग्रेसले कुन कुन ठाउँमा हार व्यहोरेको छ, त्यो बिषयमा छलफल हुने उनले बताए । १० ओटा स्थानीय तह रहेको बैतडीमा नेपाली कांग्रेसले ४ ओटा पालिकामा मात्रै प्रमुख पदमा जित हात पारेको छ । यस्तै ५ ओटा पालिकामा उपप्रमुख पदमा कांग्रेसले जित हात पारेको छ । 

Nc Baitadi1656906624.jpg

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update