Sagun Khabar
बैतडीमा गाउँपालिका इन्चार्ज सहित ३५ जनाले नेकपा  एस छाडे, एमालेमा जाने निर्णय

बैतडी- बैतडीमा गाउँपालिका इन्चार्ज सहित ३५ जनाले एकीकृत समाजवादी पार्टी (एस) परित्याग गरेका छन् । एकीकृत समाजवादीका जिल्ला कमिटि सचिवालय  सदस्य  एवं  सिगास गाउँपालिका इन्चार्ज पठान सिंह बोहरा सहित ३५ जनाले पार्टी परित्याग गरेका  हुन् ।

जिल्ला कमिटि सदस्य , गाउँकमिटि सदस्य , वडा कमिटि सदस्य  सहित ३५ जनाले  विज्ञप्ती मार्फत एकीकृत समाजवादी पार्टी  छाडेको  बताएका छन् ।

नौलो समाजवाद, तथा वैज्ञानकि समाजवादका लागि क्रान्ती, आर्थिक समाजिक समुन्ती,सुखि नेपाली समृद्ध नेपाल बनाउने  पार्टी एस नभएको र पार्टीभित्र  व्यक्तीवाद, नातावाद देखा परेको एकिकृत समाजवादीका जिल्ला कमिटि सचिवालय सदस्य एवं सिगास गाउँपालिका इन्चार्ज बोहराले जारी गरेको विज्ञप्ती भनिएको छ ।

Atrya hospital

एस पार्टी कमिसनखोर, दलाल, ठेकेदार तथा गुण्डाहरुको नाइके भएको आरोप सहितको असन्तुष्टी  व्यक्त गर्दै ३५ जनाले एमालेमा जाने  निर्णय गरेका छन् ।

एमालेमै रहेका बोहरा पार्टी विभाजन पछि माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । अहिले उनले पार्टी  परित्याग गरेर एमालेमै  फर्किने निर्णय गरेका छन् । 

1 s1656908961.jpg

 

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update