Sagun Khabar
बैतडीः पसलमा आगलागी हुँदा ३ लाखको  क्षति 

बैतडी- बैतडीमा  आगलागी हुँदा ३ लाखको क्षति भएको  छ । जिल्लाको  पुर्चाैडी नगरपालिका १ बसन्तपुर हाट बजारमा आइतबार राती ८ बजे मिठाई र श्रीङ्गार पसलमा आगलागी हुुँदा ३ लाखको  क्षति भएको  जिल्ला प्रहरी कार्यालय  बैतडीले  जनाएको  छ ।  

कमल सिंह ठाकुरको मिठाईपसलबाट खाना बनाउनेबेला ग्याँस लिक भएर आगलागी भएको बताइएको  छ । मिठाईपसलसँगै जोडिएको श्रीङगार पसलमा पनि आगो लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट दुवै  पसलमा   करिब ३ लाख बराबरको  क्षति भएको  छ  ।   पसलमा लागेको आगो राती प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको प्रहरी  प्रवक्ता जोशीले  बताए  । 

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update