Sagun Khabar
सुख्खा फलफूल विकास  केन्द्र सतबाँझ बैतडीले  मनायो फार्म  दिवस
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- सुख्खा फलफूल विकास  केन्द्र सतबाँझ बैतडीले फार्म  दिवस मनाएको  छ । आइतबार  जिल्लाको  दशरथचन्द नगरपालिका  वडा नं  १ मा रहेको   सुख्खा फलफूल विकास  केन्द्रले५८ औँ फार्म दिवस  मनाएको हो ।

सरकारी निकाया कर्मचारी, कृषि प्राविधिक, जनप्रतिनधि,नर्सरी धनी, राजनितिक दललका नेताहरुको सहभागिताम आइतबार फार्म दिवस मनाएको सुख्खा फलफूल विकास केन्द्र सतबाँझ बैतडीका  निमित्त कार्यालय  प्रमुख  डम्बर  भाटले जानकारी दिए ।

दिवसको अवसरमा सुख्खा फलफूल विकास केन्द्रका  गतिविधि बारे जानकारी सहित छलफल गरिएको  उनले  बताए ।  सुख्खा फलफूल विकास केन्द्रको गतिविध, बजेट, राजस्वका बारेमा जानकारी गराएर   अगामि दिनमा फार्मलाइ  कसरि अगाडी बढाउने भन्ने बारे सुझावहरु पनि संकलन गरिएका  बताइएको छ ।  

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update