Sagun Khabar
दशरथचन्दमा बहुमतले बजेट पास भएपछि कांग्रेस नगरकार्य समितिको आकस्मिक बैठक बस्ने 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले बहुमतले बजेट पास गरेपछि नेपाली कांग्रेस दशरथचन्द नगरकार्य समितिले आकस्मिक बैठक बोलाएको छ । कांग्रेसबाट निर्वाचित उपप्रमुख लगायत वडा अध्यक्षहरुले सभा बहिष्कार गरेकै समयमा बहुमतले बजेट पारित गरेपछि कांग्रेसले भोलिका लागि बैठक बोलाएको हो । 

विधि प्रक्रिया मिच्दै छलफल बिना बजेट ल्याएको भन्दै दशरथचन्द नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बैठक बहिष्कार गरेकै समयमा नगरसभाका बहुमत सदस्यहरुले बजेट पास गरेका हुन् । 

दशरथचन्द नगरपालिकामा प्रमुख सहित एमालेको बहुमत रहेको छ । विधि विपरीत बजेट पास गरेकाले आवश्यक रणनीतिका बिषयमा छलफल गर्न पार्टीको बैठक बोलाएको नेपाली कांग्रेस दशरथचन्द नगरकार्य समितिका उपसभापति सुरजबहादुर चन्दले जानकारी दिए । बिहान साढे ११ बजे बैठक बस्ने उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update