Sagun Khabar
बालविवाह अन्त्यका लागि बैतडीमा अभिभावकलाई जागरुक बनाइँदै 

बैतडी –बैतडीमा बालविवाह अन्त्यका लागि अभिभावकहरुलाई जागरुक बनाउन थालिएको छ । बालविवाहले पार्ने असरका बारेमा उनीहरुलाई जानकारी दिएर बालविवाह न्यूनीकरण अभियानमा सक्रिय बनाउन थालिएको हो । 

जिल्लाका रुपान्तरण कार्यक्रम सञ्चालन भइरहेका पालिकाहरुमा अभिभावकहरुलाई तीनदिने तालिम दिने गरिएको पीसवीन नेपालका कार्यक्रम तथा लेखा सहायक दिनेशप्रसाद जोशीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), भिएसओ र पीसवीन नेपालको साझेदारीमा बैतडीमा रुपान्तरण कार्यक्रम सञ्चालनमा रहेको छ । सो कार्यक्रम अन्तगर्त किशोरकिशोरी समूहहरु गठन गरेर रुपान्तरण कक्षा सञ्चालन भइरहेको छ । रुपान्तरण कक्षामा सहभागी किशोरकिशोरीका अभिभावकहरुलाई बालविवाह अन्त्यका बिषयमा तालिम दिने कार्य भइरहेको जोशीले बताए ।

यसैबीच डिलाशैनी गाउँपालिकाको वडा नं ७ मा आजदेखि अभिभावकहरुका लागि तीनदिने तालिम सञ्चालन भएको छ । तालिम उद्दघाटन गर्दै वडा नं ७का वडा अध्यक्ष प्रकाशमणी भट्टले बालविवाह अन्त्यका लागि आफूहरु सक्रिय भएर लाग्ने बताए । 

डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बालविवाह एक सामाजिक समस्या रहेकाले यसको अन्त्यका लागि पालिकाले पहल गर्ने बताए । बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाएर आफूहरु अघि बढ्ने उनले सुनाए ।  
 

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update