बैतडीमा अवरुद्ध ई–पासपोर्ट सेवा सुचारू
बैतडी- बैतडीमा अवरुद्ध भएको विद्युतीय राहदानी (ई–पासपोर्ट)सेवा सुचारू भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएर गत असार १७ गतेदेखि अवरुद्ध सेवा सुचारु भएको हो ।
इन्टरनेट सेवा प्रदायक संस्था सुबुसुको उपकरणमा समस्या आएर बन्द भएको विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा फेरी सञ्चालनमा आइसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
अवरुद्ध सेवा पुनः सुचारु भएपछि अहिले धमाधम सेवा प्रवाह भइरहेको उनले बताए । बैतडीमा पहिलोपटक गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सुरू भएको हो ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९ १६:०४
प्रतिक्रिया दिनुहोस्




