बैतडीमा बौलाहा कुकुरले टोकेका शिक्षकको मृत्यु
बैतडी- बैतडीमा बौलाहा कुकरले टोकेका शिक्षकको मृत्यु भएको छ । बैलाहा कुकुरले टोकेका जिल्लाको सिगास गाउँपालिका–७ न्वाघरस्थित बालकृष्ण माध्यमिक विद्यालयका शिक्षक नरबहादुर साउँदको मृत्यु भएको हो ।
पारिवारिक स्रोतका अनुसार उनलाई एक महिनाअघि बौलाहा कुकुरले टोकेको थियो । एक महिनापछि लक्षण देखिएका उनको उपचार सम्भव नभएपछि अस्पतालबाट घर लैजाँदै गर्दा मृत्यु भएको साउदका आफन्तले बताएका हुन् । चेकजाँचका क्रममा उनमा रेबिज पुष्टि भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९ १२:४९
प्रतिक्रिया दिनुहोस्




