Sagun Khabar
सांसद भण्डारीको अभिव्यक्तिप्रति अखिल क्रान्तिकारी बैतडीको आपत्ति 

बैतडी –संघीय सांसद भण्डारीले दिएको अभिव्यक्तिप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बैतडीले आपत्ति जनाएको छ । अनेरास्ववियु बैतडीको  १२औँ अधिवशेनमा संघीय सांसद भण्डारीले समाजिक एकता र सद्भाव खलबलिने खालका अभिव्यक्ति दिएको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको हो । 

शनिबार एक विज्ञप्ती जारी गर्दै सांसद भण्डारीले दिएको अभिव्यक्ति वृहत शान्ति सम्झौता र गणतन्त्र विरोधि भएको आरोप लगाएको छ ।

सांसद भण्डारीले यही असार २८ गते जिल्ला सदरमुकाममा  भएको अनेरास्ववियुको १२ औँ जिल्ला अधिवेशनमा माओवादी पार्टी र पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध जनतालाइ भ्रमित पार्ने तथ्यहिन अभिव्यक्ति दिएको अखिल क्रान्तिकारीको आरोप छ । 

भण्डारीले दिएको अभिव्यक्तिमा सुझाव दिँदै  अखिल क्रान्तिकारी बैतडीले आवेश ,आक्रोस कुण्ठा, इस्र्या राखेर समाजिक एकता र सदभाव खलबलिने गरि तुच्छ अभिव्यक्ति नदिई सम्हालिएर बोल्न अनुरोध गरेको छ । 

यस्तै अखिल क्रान्तिकारीले विज्ञप्ती मार्फत  नेकपा माओवादी केन्द्रको पहलमा भएको १० वर्षे जनयुद्धले महत्वपूर्ण जनअधिकार स्थापित भएर देशमा संविधान जारी भएको स्मरण समेत गराएको छ । सांसद भण्डारीले दिएको अभिव्यक्तिप्रति सार्वजनिक रुपमा माफी माग्न समेत भनिएको छ । 

अखिल क्रान्तिकारी बैतडी अध्यक्ष गोबिन्द  सिंह मालद्वारा हस्ताक्षरित विज्ञप्ती मार्फत यस्ता अभिव्यक्ति नदिन चेतावनी समेत  दिइएको छ । 

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update