Sagun Khabar
करारका कर्मचारी हटाउने दनपाको निर्णय 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले करारका कर्मचारी र शिक्षकहरुलाई हटाउने भएको छ । यही असार ३० गते बसेको नगरकार्यपालिकाको बैठकले नगरभित्रका विद्यालयमा नगर अनुदानमा कार्यरत शिक्षक, खेलकुद प्रशिक्षक, लाइब्रेरियन र कम्प्युटर शिक्षकको साउन १ गतेदेखि करार अवधि नथप्ने निर्णय गरेको छ । यस्तै दरबन्दी शुन्य अथवा अपुग भएका विद्यालयमा नगरप्रमुखस्तरीय निर्णयबाट पदपूर्ती गर्ने बताइएको छ । 

यस्तै परामर्श सेवाबाट २०७४ साल पछि प्रक्रिया पूरा नगरी नियुक्त गरिएका प्राविधिक कर्मचारी, अप्राविधिक कर्मचारी र सामाजिक परिचालकहरुलाई समेत हटाउने निर्णय भएको छ । 

यस्तै दशरथचन्द नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुमा जनशक्ति व्यवस्थापनका लागि अन्तर स्वास्थ्य संस्थाभित्र सरुवा गर्ने निर्णय समेत भएको नगरपालिकाले जनाएको छ । यस्तै शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकहरु केही विद्यालयमा कार्यविधि अनुसार नियुक्त नगरिएकाले कार्यविधि अनुसार कार्यान्वयन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । 
DCM1657973176.jpg

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update