Sagun Khabar
बैतडीको पाटन नगरपालिकाले ल्यायो ६७ करोड ९०  लाखको बजेट 

बैतडी –बैतडीको पाटन नगरपालिकाले आगामी आर्थिक बर्षका लागि६७ करोड ९०  लाख २ हजार १७१   बराबरको बजेट ल्याएको छ । पाटन नगरपालिकाको प्रथम नगरसभाको दोश्रो बैठकले आज बजेट पारित गरेको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । 

बजेटले कृषि, शिक्षा, स्वास्थ्य, पशुबीमा लगायतका क्षेत्रलाई प्राथमिकता दिएको उपप्रमुख बोहराले बताए । यस्तै चालु आर्थिक बर्षको घाटा बजेटलाई पनि तिर्ने निर्णय भएको उपप्रमुख बोहराले बताए । 

बजेट पारित हुँदा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले भने हस्ताक्षर गरेका छैनन् । यद्यपि बिषयगत समिति र कार्यपालिकाबाट सर्वसम्मत बजेट पारित भएको उपप्रमुख बोहराले बताए । 
 

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update