Sagun Khabar
पाटनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभा बहिष्कार गरे 

बैतडी –बैतडीको पाटन नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटमा असहमति जनाउँदै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभा बहिष्कार गरेका छन् । असार १० गते प्रस्तुत गरिएको नीति तथा कार्यक्रम बाहिर गएर बजेट ल्याएको भन्दै उनीहरुmले सभा बहिष्कार गरेका हुन् । 

यस्तै बजेटमा राजनीतिक पूर्वाग्रहका आधारमा समपूरक योजना कार्यान्वयन नगर्न बजेट कटौती गरेको नगरसभा सदस्य भीमप्रसाद भट्टले बताए । यस्तै बिषयगत समितिबाट पारित भएका नगरस्तरीय योजनाहरुलाई प्राथमिकता नदिइ व्यक्तिगत फर्म, उद्योग, कार्यकर्तालाई वितरण गर्ने हिसाबले बजेट ल्याएको उनीहरुको आरोप रहेको छ । 

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले संयुक्त प्रेस विज्ञप्ती निकाल्दै बहुमतको आडमा जनताको आवश्यकता भन्दा बाहिर गएर बजेट ल्याएको बताएका छन् । पाटनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनको बहुमत रहेको छ । 

Baudget1657977239.jpg

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update