बैतडी- बैतडीको सुख्खा फलफूल विकास केन्द्र सतबाँँझले २३ लाख राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा ३१ लाख ८१ हजार २ सय ४० राजस्व संकलन गरेको सुख्खा फलफूल विकास केन्द्रले यो वर्ष २३ लाख ८९ हजार ७ सय ३८ राजस्व संकलन गरेको हो ।
यो वर्ष बोटविरुवा बिक्रीबाट ३६ लाख राजस्व संकलन गर्ने लक्ष्य राखीएको भएपनि बोटविरुवा बिक्री नुहँदा राजस्व संकलनमा कमि आएको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्रमुख डम्बर सिंह भाटले जानकारी दिए ।
उत्पादन गरेका मध्ये यो वर्ष १२ लाखको बोटविरुवा बिक्री हुन नपाएको उनले बताए । केन्द्रले ६० हजार बोट विरुवा उत्पादन गरेका भएपनि माग कम भएर २१ हाजर ७ सय बोटविरुवा बिक्री हुन नसकेको उनको भनाइ छ ।
आर्थिक वर्ष २०७७÷७८ मा ३१ लाख ८१ हजार २ सय ४० राजस्व संकलन गरेको सुख्खा फलफूल विकास केन्द्रले अहिले त्यो भन्दा झण्डै ८ लाख कम राजस्व संकलन गरेको छ । बोट विरुवा बिक्री हुन नसकेपछि अहिले राजस्व संकलनमा कमि आएको प्रमुख भाटले बताए ।
सुख्खा फलफूल विकास केन्द्रमा फलफूल, बोटविरुवा, खरघाँस बिक्रीबाट राजस्व संकलन हुन्छ ।




