Sagun Khabar
अपांग युवतीलाई बलात्कार  गरेको  आरोपमा बैतडीमा दुई  जना पक्राउ

बैतडी- प्रहरीले बैतडीमा आपांगता भएकी युवतीलाई  बलात्कार  गरेको  आरोपमा दुई जनालाई  पक्राउ गरेको  छ ।  बलात्कारको  आरोपमा जिल्लाको  दोगडाकेदार  गाउँपालिका  वडा नं  ४ का  अन्दाजि  ३२ वर्षिय ललित चुनारा र  ५१ वर्षिय गोपि चुनारालाइ  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले  जानकारी दिए ।

वडा नं ४ की  मानसिक सन्तुलन  गुमाएकी २० वर्षिया अपांग युवतीलाइ बलात्कार गरेको आरोपमा शनिबार दिउँसो उनिहरु दुवैलाई  पक्राउ गरिएको उनले  बताए ।

अपांगता भएकी युवतीको आफन्तको   निवदनको आधारममा दुवैलाई  प्रकाउ गरिएको र  अहिले  घट्नाको  थप अनुसन्धान भइरहेको   प्रहरी प्रवक्ता जोशीले  बताए । 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update