Sagun Khabar
बलात्कार आरोप लागेका नेगीले दिए गिरफ्तारी 

बैतडी- बलात्कारको आरोप लागेका बैतडीको पुर्चौडी बहुमुखी क्याम्पस प्रमुख राजेन्द्र नेगीले गिरफ्तारी  दिएका छन् ।  कैलालीकी एक मजदुर महिलामाथि बलात्कार गरेको आरोप लागेका निर्वतमान क्याम्पस प्रमुख नेगीले आइतबार गिरफ्तारी दिएका हुन् ।  

नेगीले आफै जिल्ला प्रहरी कार्यालय  पुगेर  गिरफ्तारी  दिएका  जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिए ।

गत असार २९ गते नेगीविरुद्ध पिडीत मजदुर महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय पाटनमा जबरजस्तीकरणीको मुद्दा दर्ता गरिएको थियो। मुद्दा दर्ता भएपछि प्रहरीले उनको खोजी कार्य गरिरहेको थियो ।

 तर आइतबार नेगी आफै झुट्टा अरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएकोले अुसन्धान प्रक्रियामा प्रहरीलाइ सघाउन आफै गिरफ्तारी दिएको बताएका छन् । उनले  आइतबार  विज्ञप्ती  जारी गरेर  व्यक्तिगत प्रतिष्ठा र  मार्यादा माथि  प्रहार हुने  किसिमले आरोप प्रत्यारोप एवं चरित्र हत्या गर्ने सुनियोजित तरिकाले फसाउन खोजिएपछि  घट्नाको  अुसन्धान प्रक्रियामा सघाउन गिरफ्तारी दिएको  बताएका हुन् ।

 नेगीले  घट्नाको  सत्य तथ्य छानबिन हुनपर्ने समेत माग गरेका छन् । नेगीले बलात्कारको आरोप लागेपछि  गत असार २७ गते  क्याम्पस प्रमुख पदबाट राजीनामा दिएका थिए । गत असार २० गते पानी माग्ने निहुँमा आफुमाथि नेगीले बलात्कार गरेको महिलाले आरोप लगाएकी छिन् । 

नेगी आफैँ  प्रहरी कार्यालय पुगेपछि उनीविरुद्धको मुद्दामा अनुसन्धान अघि बढेको जिल्ला प्रहरी कार्यालय बैतडीले  जनाएको  छ ।  

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update