Sagun Khabar
डिलाशैनी  सरकारको सहयोगमा  छानो मर्मत  

बैतडी- बैतडीको डिलाशैनी  गाउँपालिका वडा नं ५ का  हरुवा भुलको  छानो मर्मत गरिएको छ । वर्षाे देखि खरको छनोमा बस्दै आएका भुलको छानो डिलाशैनी सरकारको  सहयोगमा मर्मत भएको हो । 

छानो बिहिन नागरिक हरुको छानो निर्माण गर्ने अभियान अन्तरगत विगत ५र७ बर्ष देखि खर र सल्लाको पातको छानो मुनि बस्न बाध्य  भुलको छानो मर्मत गरिएको वडा नं ५ का वडा अध्यक्ष यज्ञ भट्ट (यदु)ले जानकारी दिए । 

सरकारको तर्फबाट आवस्यक पर्ने काठ,जस्तापाताको व्यवस्था मिलाएर छानो मर्मत गरिएको उनले  बताए । सरकारले  छानो मर्मत गरिदिएपछि भुल परिवार निकै  खुसि भएको छ । 

वर्षाे देखि चुहिने छानोमा बसिरहेका हरुवाको परिवारको मुहारमा अहिले  खुसियालि छाएको छ । यस्तै पालिका भित्रका करिब १ सय ४७ छानो बिहिन नागरिकहरुको  छानो निर्माण गरिने  पनि गाउँपालिकाका प्रवक्ता भट्टले बताए। 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update