बैतडी –टिप्पर दुर्घटनामा परेर घाइेत भएकी बैतडीको पाटन नगरपालिकाकी कार्यालय सहयोगी हिरा विकको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । पाटन नगरपालिकाकै प्रमुख, उपप्रमुख र कर्मचारीले विकको उपचारका लागि आर्थिक सहयोग संकलन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टले जानकारी दिए ।
विकको उपचारका लागि नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र रेडियो निङ्गलाशैनीका एक जना पत्रकार सहित २३ हजार २ सय ६५रुपैँया संकलन भएको प्रमुख प्रशासकीय अधिकृत भट्टले बताए ।
पाटन नगरपालिकाको वडा नं ३ घर भएकी कार्यालय सहयोगी विकको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि रकम संकलन गरिएको भट्टले बताए ।
गएको असार २ गते पाटन नगरपालिका ६ कनेडा मोडमा भएको टिप्पर दुर्घटनामा परी विक घाइते भएकी थिइन् । विकको धनगढीमा उपचार भएको र आर्थिक अभावमा फ्लोअप उपचारमा समस्या भएपछि उनलाई आर्थिक सहयोग गरिएको हो । विकको बाहिरीचोट भन्दा भित्री शरीरमा चोट रहेको चिकित्सकहरुले बताएका छन् । छाती र कम्मरको चोटका कारण उनी एक महिनादेखि कार्यालय समेत आउन सकेकी छैनन् ।




