Sagun Khabar
स्वास्थ्यका मापदण्ड अपनाउन बैतडी प्रशासनको आग्रह 

बैतडी –कोरोना भाइरसको संक्रमण फेरी फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । देशका विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेकाले सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । 

भीडभाडमा नजान, घर बाहिर जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएमा परीक्षण गर्न आग्रह गरिएको हो । यस्तै कोरोना विरुद्धको खोप लगाउन बाँकी रहेको भएमा नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन समेत आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update