बैतडी –बैतडीमा गएको आर्थिक बर्ष २०७८÷७९ मा १३ ओटा सवारी दुर्घटना भएका छन् । विभिन्न समयमा भएका सवारी दुर्घटनामा परेर २४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्लामा गत आर्थिक बर्षमा ५ ओटा जिप, ३ ओटा मोटरसाइकल, २ ट्याक्टर, एक बस, एक टिप्पर र एक मिनिट्रक दुर्घटनामा परेका थिए ।
गएको आर्थिक बर्षमा सवारी दुर्घटनामा १५ पुरुष, ५ महिला र ४ बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
यस्तै दुर्घटनामा परेर २३ जना घाइते भएका उनले बताए । गम्भीर र समान्य गरेर २३ जना घाइते भएका प्रहरी प्रवक्ता जोशीले बताए । दुर्घटनामा परेर ११ पुरुष, ६ महिला र ६ बालक घाइते भएका उनले बताए ।
कच्ची सडक, ट्राफिक नियमको पालना नहुनु, प्राविधिक समस्या लगायतका कारणले सवारी दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।




