Sagun Khabar
बैतडीमा राष्ट्रिय परिचय पत्रका लागि झण्डै १ लाख जनाको विवरण संकलन

बैतडी–जिल्ला प्रशासन कार्यालय बैतडीले गएको आर्थिक बर्ष २०७८÷७९ मा राष्ट्रिय परिचयपत्रका लागि झण्डै एक लाख जनाको विवरण संकलन गरेको छ । जिल्लाका प्रत्येक स्थानीय तहमा अभियानको रुपमा राष्ट्रिय परिचय पत्र विवरण संकलन गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । अहिले सम्म ९४ हजार ८ सय ७४ जनाको विवरण संकलन गरिएको उनले बताए । 

राष्ट्रिय परिचय पत्र बहुउपयोगी परिचय पत्र भएकाले यसमा नागरिकको आकर्षण बढेको भारतीले बताए । जिल्लाका सबै स्थानीय तहका वडामै पुगेर विवरण संकलन भएको र अहिले दशरथचन्द नगरपालिकाका वडाहरुमा विवरण संकलनको काम भइरहेको उनले बताए । 

यस्तै गत आर्थिक बर्षमा जिल्ला प्रशासन कार्यालयले ८ हजार ५ सय २५ नागरिकता प्रमाणपत्र जारी गरेको छ । ८ हजार ५ सय ५ जनालाई वंशजका आधारमा र २० जनालाई वैवाहिक अंगिकृत नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

यस्तै गएको बर्ष २० ओटा नाबालिक परिचय पत्र जारी गरिएका छन् भने ७ सय ९५ ओटा साधारण राहदानी सिफारिश गरिएको छ । यस्तै १ हजार ४८ द्रुत राहदानी सिफारिश गरिएको सूचना अधिकारी भारतीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update