Sagun Khabar
बैतडीमा पहिलो पटक  एपेन्डिसाइटिसको सफल शल्यक्रिया 

बैतडी-  जिल्ला अस्पताल बैतडीमा एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ । पहिलो पटक जिल्ला अस्पतालमा एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएका हो ।

एपेन्डिसाइटिस भएर अस्पताल आएकी पुर्चौडी नगरपालिका १० की २७ वर्षीया महिला बिरामीको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दिपेश श्रेष्ठले जानकारी दिए ।

 एपेन्डिसाइटिसको सफलतापूर्वक इमरजेन्सी शल्यक्रिया गरी सफल उपचार गरेको उनले  बताए । डा. धीरज जायसवाल, डा. दिपेश श्रेष्ठ, डा.रोशन चौधरी, डा. हिरा जोशी, डा. चैतन्य जोशी र डा. थानेश्वर न्यौपानेलगायतको टोलीले सफल रुपमा शल्यक्रिया गरेको बताइएको छ ।

गत हप्ता भर्ना भएकी ती महिलालाई  शल्यक्रियापछि डिस्चार्ज गरिएको  अस्पतालले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update