बैतडी - बैतडी सुर्नयामा पहिरोले पसल भत्कीएको छ । गाउँपालिकाको वडा नं ८ सेलामा वर्षा संगै आएको पहिरोले स्थानीय धनी साउँदको दुई कोठे पक्की पसल भत्कीएको स्थानीय राम बहादुर साउँदले जानकारी दिए ।
पसल माथि रहेको गणेश आधारभूत विद्यालयको फिल्ड भाँसिएर आएको पहिरोले बुधबार विहान पसल भत्कीएको उनले बताए । सामान सहित पसल भत्कीदा करिब २० लाखको क्षति भएको बताइएको छ । पसले साहु धनीका अनुसार पसल भित्र १० लाखको सामान थियो ।
दुई कोठे पक्की भवन सहित पसल भत्कीदा २० लाख बराबरको क्षति भएको उनले बताए । पहिरोले पसल भत्कीएर बगाउदा सामान नष्ट भएका बताइएको छ ।
यस्तै सोहि ठाउँमा एक घर पहिरोको जोखिममा रहको बताइएको छ । स्थानीय रमेश बहादुर साउँदको घर पहिरोको जोखीममा रहेको हो । घट्ना बारे ढोल्यामोड प्रहरीलाइ खबर गरेको स्थानीयहरुले बताएका छन् ।




