एक वर्षको अवधिमा बैतडीमा साढे ८ हजार बढीले नागरिकता बनाए
बैतडी- बैतडीमा साढे ८ हजार बढी नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । गत आर्थिक वर्ष २०७८÷०७९ मा ८ हजार ५ सय १४ जनाले नागरिकता बनाए हुन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार एक वर्षको अवधिमा ४ हजार २ सय ५७ पुरुष र ४ हजार २ सय ५७ महिलाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
यस्तै ४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् । ४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका सूचना अधिकारी भारतीले बताए ।
यस्तै आर्थि वर्ष २०७७÷७८ मा ५ हजार ५ सय ६४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए भने ६ जनाले नागरिकताको प्रमाणपत्र परित्याग गरे थिए ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९ १०:१३
प्रतिक्रिया दिनुहोस्




