Sagun Khabar
बैतडीको प्रसिद्ध धार्मिक स्थल पत्ताल भुवनेश्वर धाममा वृक्षारोपण तथा सरसफाई 

बैतडी- बैतडीको प्रसिद्ध धार्मिक स्थल पत्ताल भुवनेश्वर धाममा वृक्षारोपण तथा सरसफाई गरिएको  छ । सुर्नया बाल सञ्जाल र दशरथचन्द नगरपालिकाको बाल सञ्जालले पत्ताल भुवनेश्वर धाममा वृक्षारोपण तथा सरसफाई गरेको  सुर्नया बाल सञ्जालका पूर्व अध्यक्ष  विशाल भट्टले  जानकारी दिए ।

बुधबार  वास नेपाल र युथ भ्वाइसको  सहकार्यमा पत्ताल भुवनेश्वर धाम परिसरमा सरसफाई  गरेर वृक्षा रोपण गरिएको  उनले  बताए । उनका अनुसार परिसर भित्र करिब एक सय ओटा फलफूलका वृक्ष रोपण गरिएको छ । पर्यावरणलाई सफा राख्ने उदेश्यले सरसफाई तथा वृक्षा रोपण गरिएको  बालबालिकाहरुले  जनाएका छन् ।

यसअघी  सुर्नया बाल सञ्जालले सुर्नया गाउँपालिकाको ८ ओटै  वडाहरुमा सरसफाई  तथा वृक्षा रोपण गरेको  थियो । यसरि  बालबालिकाहरुले सरसफाई र  वृक्षा रोपणमा जुटेपछि समाजमा पर्यावरणलाई  सफा राख्नु  पर्छ  भन्ने  सन्देश प्रवाह  भएको छ । 

No description available.No description available.

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update