बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ मा दुई घर पहिरोको जोखिममा परेका छन् । बुधबार भएको लगातारको वर्षाले जमिन भाँँसिएर वडा नं ७ पत्थरकोटको पाडि भन्ने टोलमा लोक बहादुर कुवँर र जय बहादुर कुवँरको घर पहिरोको उच्च जोखिममा परेका स्थानीय प्रताप कुवँरले जानकारी दिए ।
घर आगन भाँसिएर भत्कीने अवस्था पुगेको उनले बताए । यस्तै आगन भाँसिएर गएको पहिरोले मकैबाली र बोटविरुवाहरुमा क्षति पुगेको बताइएको छ ।खेतमा लागएको मकैबाली र फलफूलका बोटविरुवा नष्ट हुँदा करिब ३ लाखको क्षति भएको स्थानीय जयबहादुर कुवँरले बताए ।
लगातार पानी परे पहिरो गएर घरनै भत्कीने भन्दै अहिले स्थानीयहरु डराएर बसेका छन् । सुर्नया गाउँपालिकाका धेरे ठाउँ पहिरोको जोखिममा छन् । बुधरबार विहान गएको पहिरोका कारण वडा नं ८ सेलामा पसल थापेको घर भत्कीदा २० लाख बराबरको क्षति भएको छ ।




