बैतडी- बैतडीमा जंगली बदेलले मकैबाली नष्ट गर्न थाले पछि किसान चिन्तीत बनेका छन् । जिल्लाका विभन्न स्थानमा जंगली बदेलल मकै फल्ने बेलामा नष्ट गरे पछि किसानहरु अहिले चिन्तीत बनेका हुन् ।
जंगली बदेलले मकैबाली नष्ट गरे पछि समस्या भएको सुर्नया गाउँपालिकाका किसान चक्रदेव भट्टले बताए । मेहेनत गरेर खेतमा लगाएको मकै फल्ने बेलामा जंगली जनावरले सखाप पारेपछि भोकमरिको चिन्ताबढेको मेलौली नगरपालिका वडा नं २ कर्पतका लोकबहादुर चन्दले बताए ।
किसानहरुलाई अहिले जंगलि जनवारबाट मकैबाली जोगउन धौधौ परेको छ । पहरा नबसेको समयमा जंगली बंदेल आएर मकै खाने गरेको किसानहरुको गुनासो छ । प्रत्येक वर्ष जंगली जनावरले बालीनाली नष्ट गर्ने गरेको भएपनि सरकारले क्षतिपूर्ती नदिने गरेको किसानहरुको गुनासो छ ।
किसानहरुले अन्नबालीमा बेहोरोको क्षतिका लागि कुनै पनि कार्यक्रम नल्याउँदा स्थानीय सरकारको आलोचना हुँदै आएको छ ।




