अनेम संघ बैतडीको तेस्रो जिल्ला सम्मेलन
बैतडी- नेकपा एमालेको जनवर्गिय संगठन अखिल नेपाल महिला संघ (अनेम संघ) जिल्ला कमिटि बैतडीको सम्मेलन शुरु भएको छ । सदरमुकाममा गढीमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा (अनेम संघ) बैतडीको तेस्रो जिल्ला सम्मेलन शुरु भएको हो ।
अखिल नेपाल महिला संघ केन्द्रीय अध्यक्ष थम माया थापाको प्रमुख आथित्यतामा सम्मेलन शुरु भएको बताइएको छ । कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमाले बैतडी इन्चार्ज एवं केन्द्रीय सदस्य पूरन सिहं दयाल रहेका छन् । बिहीवार भइरहेको अनेम संघको सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने अनेम संघ बैतडीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९ १४:२८
प्रतिक्रिया दिनुहोस्




