बैतडी- बैतडीको छैटौँ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति अध्यक्ष खगेन्द्र धामीको सभाध्यक्षता तथा बैतडीको क्षेत्र नं क बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्टको प्रमुख आथित्यतामा छैटौँ जिल्ला सभा सम्पन्न भएको हो ।
विभिन्न निर्णय गर्दै जिल्ला समन्वय समितिको छैटौँ जिल्लासभा बिहिवार सम्पन्न भएको जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी गोबिन्द राज भट्टले जानकारी दिए । उनका अनुसार समन्वय समितिको जिर्ण अवस्थामा रहको भवनलाइ निर्माणका लागि प्रदेश र संघीय सरकारलाई अनुरोध गर्ने, जिल्लामा हुने गरेका विकास निर्माणका कामहरुको प्रभावकारी रुपमा अनुगमन गर्ने निर्णय भएको छ ।
यस्तै बिहिवारनै बार्षिक प्रगति समीक्षा समेत गरिएको छ । गत आर्थि वर्ष २०७८÷७९मा जिल्लामा सम्पादन भएका कामहरुको बारेमा समीक्षा गरिएको हो ।
संघ प्रदेश र स्थानीयतहका कार्यालयहरुको समिक्षा गरिएको निमित्त समन्वय अधिकारी भट्टले बताए । वार्षिक समिक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी , जिल्ला स्थित कार्यालयहरुका प्रमुख तथा प्रतिनिधि, नगरपालिका गाउँपालिकाका प्रमुख तथा उपप्रमुख हरुको सहभागिता रहेको थियो ।




