जिल्ला हुलाक कार्यालय बैतडीले गर्याे ७ लाख बढी राजस्व संकलन
बैतडी- जिल्ला हुलाक कार्यालय बैतडीले ७ लाख बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा हुलाक कार्यालय बैतडीले ७ लाख ३९ हजार २ सय ४१ रुपैँया राजस्व संकलन गरेको हो ।
हुलाक कार्यालय बैतडीका नायब सुब्बा भिम सिँह धामिका अनुसार टिकट बिक्रीबाट ५ लाख ४३ हजार ६ सय १८, काउन्टर अनलाइनबाट ३० हजार २सय ११, एफएम रेडियो रोयल्टी नविकरणबाट १ लाख ३४ हजार ७ सय २७, पत्रपत्रिका नविकरणबाट ४ सय ८५ र सम्पत्ती विवरण जरीवानाबाट ३० हजार राजस्व संकलन भएको हो ।
२०७७÷७८ मा हुलाक कार्यालय बैतडीले १० लाख ४२ हजार ८४ रुपैँया राजस्व संकलन गरेको थियो । तर यो वर्ष टिकट बिक्री र काउन्टर अनलाइन कम हुँदा राजस्व संकलनमा कमि आएको हुलाक कार्यालय बैतडीका नायब सुब्बा धामिले बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९ ०७:४३
प्रतिक्रिया दिनुहोस्




