Sagun Khabar
बैतडी सुर्नया ३ बाँस गैरीगडामा छ घर पहिरोको उच्च जोखिममा

बैतडी-बैतडीको सुर्नया गाउँपालिका वडा नं ३ मा ६ ओटा घर पहिरोको जोखिममा परेका छन् ।   शाखा सडका कारण वडाको बाँस  गैरीगडा भन्ने ठाउँमा ६ जना स्थानीयहरुका घर पहिरोको उच्च जोखिममा परेका हन् ।

स्थानीय डम्बर सिंह विष्ट, झिमा विष्ट, तुलसि विष्ट, हरिभान विष्ट, दान सिंह विष्ट र खेरै विष्टको घर पहिरोको जोखिममा परेका स्थानीय   राम सिंह विष्टले जानकारी  दिए । खडखडा देखि गोराखाला सम्मको शाखा सडकले घरहरु पहिरोको उच्च जोखीममा परेका उनले बताए ।

लगातारको वर्षाका कारण सडक माथिको जमिन  भाँसिएर घर भत्कीने अवस्थामा पुगेका उनको भनाई  छ ।  शाखा सडक माथि रहेका घरहरु अहिले पहिरोले भत्कीने अवस्था पुगेका स्थानीय  पार्वती  विष्टले  बताइन् । स्थानीय  विष्टले भनिन् ‘बाँस गैरी गाउँका ६ घर  पहिरोको जोखिमा छन् । ती मध्ये एक घर भत्कीने अवस्थामा पुगेको छ । लगातार पानीले जमिन भाँसिदैछ । पहिरोको जोखीममा रहेका मान्ेछहरु डराएर बसेका छन् ।’ स्थानीय डम्बर सिंह विष्टको  घर आगन भाँसिएर भत्कीने अवस्थामा पुगेको उनले बताइन् ।

घर जोखीममा पर्ने भन्दै रोड विस्तारका क्रममा हारगुहार गरेपनि कसैले नसुनेर मनमर्जिले सकड काटिदा अहिले आफुहरुको विचल्ली भएको स्थानीय रामको गुनासो छ । पटक पटक सम्बन्धित निकायलाई  वालको लागि माग गरेपनि सुनवाइ नभएको स्थानीयहरुले बताएका छन् ।

अहिले गैरी गाउँका नागरिकहरु पहिरोको त्रासमा डराएर बाँचीरहेका छन् । स्थानीय सरकार लगायत सरोकारवाला निकायहरुलाई उनिहरुले आफुहरुको पहिरोको समस्या समाधान गर्न घरको सुरक्षाका लागि  माग गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update