Sagun Khabar
तीन दिनसम्म बैतडी सहित १८ जिल्लाका नदी तथा खोलामा बाढीको खतरा 

बैतडी- बैतडी सहित १८ जिल्लामा आजदेखि तीन दिनसम्म साना नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार  एक सूचना जारी गरेर  बाढी पूर्वानुमान महाशाखाले  साना नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको हो । बैतडी ,अछाम, डोटी, डडेलधुरा, दार्चुला  कैलाली जिल्ला आसपास भइ बहने साना नदी तथा खोलामा पनि आकस्मिक बाढीको खतरा रहेकाले यी क्षेत्रका नदी आसपासमा बस्दै आएकाहरुलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

यस्तै रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालीकोट,दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, मकवानपुर, धादिङ, लमजुङका नदी तथा खोलामा बाढी आउन सक्ने महाशाखाले जनाएको छ । यस्तै, कोशी, नारायणी, कन्काई, कर्णाली, महाकाली लगायत ठूला नदीमा भने तीन दिनसम्म पानीको सतह सतर्कता तहभन्दा तल नै रहने अनुमान गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update