Sagun Khabar
बैतडीको  सनशेरीमाण्डौं बजारमा सरसफाई

बैतडी- बैतडीको सुर्नया गाउँपालिका ४ मा रहेको  सनशेरीमाण्डौं  बजारमा  सरसफाई गरिएको छ ।  सुर्नया बाल सञ्जालको  अयोजना तथा युथ भ्वाइस संगको  सहकार्यमा शुक्रबार बजार क्षेत्र र मन्दिर परिसरमा सरसफाई  गरिएको सुर्नया बाल सञ्जालका पूर्व  अध्यक्ष विशाल भट्टले  जानकारी  दिए ।

सफा सुर्नया , सुन्दर सुर्नया अभियान अन्तर्गत  बजार र सनशेर मन्दिर परिसरमा सरसफाई गरिएको उनले बताए । बाल सञ्जालका अध्यक्ष निरेश भट्टको  अध्यक्षतामा भएको  सरसफाई कार्यक्रममा सुर्नया वडा नं ४ का वडा अध्यक्ष प्रताप महरा, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम सिंह महरा, गाउँपालिकाको न्यायिक शाखामा कार्यरत  राम बहादुर विष्ट, प्रहरी, बालबालिका, युवा तथा व्यवसायीहरुको   सहभागिता रहेको थियो ।

यस्तै  बजार क्षेत्रलाई सफा राख्न अगामि दिनहरुमा प्रत्येक पसलमा डस्टविन राख्ने निर्णय समेत भएको बताइएको  छ । सुर्नया बाल सञ्जालले पर्यावरणलाइ सफा राखौँ भन्दै सरसफाई अभियान सञ्चालन गरेको छ । यसअघि गाउँपालिकाका आठ ओटै वडा र पत्ताल भुवनेश्वर  धाममा समेत बालसञ्जालले सरसफाइ  सहित वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको  थियो ।  

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update