Sagun Khabar
बैतडीमा पनि मनाइयो  कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस

बैतडी- नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस बैतडीमा पनि मनाईको छ । नेकपा एमाले बैतडीको पार्टी  कार्यालय गढीमा  पुष्पलालको  ४४ औँ स्मृति दिवस मनाइएको हो ।

जिल्ला पार्टी कार्यालयमा जिल्ला उपसचीव सरस्वती नेपालीको  अध्यक्षता तथा प्रदेश कमिटी सदस्य जंगदेव भट्टको प्रमुख आथित्यतामा तस्बिरमा माल्यापर्ण सहति नेपाली राजनितिमा पुष्पालालको योगदान बारे अन्तरक्रिया गरेर स्मृत दिवस मानइएको   एमालेका जिल्ला कमिटी सचिवालय सदस्य बलभद्र दयाल जानकारी दिए ।

कार्यक्रममा  पुष्पालालको योगदानको स्मरण गर्दै  सहभागिहरुले देशको विकासका लागि कम्युनिस्ट एक हुनु पर्ने  धारणा राखेका छन् । कार्यक्रममा एमाले नेता कार्यकर्ताहरुको सहभागीता रहेको  थियो । नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि सङ्घर्ष गर्नुभएको थियो ।

पुष्पलालले २००६ साल वैशाख १० गते नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको हो ।

नेपालमा कम्युनिस्ट पार्टीमार्फत नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यकासाथ नेकपा स्थापना गर्नुभएका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो । 

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update