Sagun Khabar
बैतडीको पाटन १० मा योजनाहरुको अनुगमन , भवन विवाद बारे   कार्यपालिकामा छलफल हुने 

बैतडी- बैतडीको पाटन नगरपालिकामा योजनाहरुको अनुुगमन गरिएको छ । शनिबार नगरपालिकाको वडा नं १० भित्र  निर्माण  सम्पन्न र निर्माणाधिन योजनाहरुको अनुगमन गरिएको हो । नगरपालिका र जिल्ला समन्वय समितिको टोलिले वडा भित्र सम्पन्न भएका र हुँदै गरेका कामहरुको अनुगमन गरेको हो ।

वडा नं १०को  नव निर्मित वडा कार्यालय भवन, वडा नं १० कैै हतासमा निर्मार्णाधिन ब्रह्म आधारभूत विद्यालय भवन र बैतडी र डडेल्धुरा जिल्लाको सीमाना अनारखोलिमा निर्माण सम्पन्न भएको प्रवेशद्वारको अनुगमन गरिएको जिल्ला समन्वय समिति सदस्य प्रेम सिंह भाटले जानकारी दिए ।

निर्माणाधिन र निर्माण सम्पन्न योजनाहरुको काम सन्तोशजनक रहेको अनुगमन टोलिले जनाएको छ । यस्तै वडा नं १० को भवन विवाद बारे कार्यपालिकामा छलफल हुने पनि बताइएको छ ।

निर्माण भएको भवनमा निर्वतमान अध्यक्षले शिलालेखमा आफ्नो नाम राखेको भन्दै अहिलेका अध्यक्षले भवन बुझन मानेका छैनन् । यो विवाद समाधानका लागि कार्यापालिकाले छलफल गर्ने  जिल्ला समुन्वय समिति  सदस्य भाटले बताए ।

शनिबार भएको अनुगमन कार्यक्रममा पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल ,उप प्रमुख कमल बोहरा, नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्ट, समन्वय समिति सदस्य प्रेम सिंह भाट लगायत अन्य जनप्रतिनिधि र कर्मचारीहरुको  सहभागिता रहेको थियो ।  

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update