बैतडी- बैतडीको सतबाँझमा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सेवाग्राही समस्यामा परेका छन् । सोलार प्यानलबाट चार्ज हुने नेपाल टेलिकमको टावरले काम नगर्दा सेवाग्राही समस्या परेका हुन् । सतबाँझको टावरले काम नगर्दा समस्या भएको सुर्नयाका स्थानीय हेमन्त भट्टले जानकारी दिए ।
४÷५ दिन देखि फोनलाइन स्पष्ट नुहँदा सूचना आदान प्रदानमा समस्या भएको उनले बताए । टावर आउने जाने समस्याले हैरान बनाएको स्थानीय अर्जुन चन्दको भनाइ छ । सतबाँझको टावरले काम गर्न छोडेपछि दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानका नागरिकलाई समस्या भएको छ ।
सतबाँझको टावर बेला बेला बिग्रिने भएकाले नागरिकहरु फोन सेवाबाट बञ्चीत हुने गरेका छन् । यता नेपाल टेलिकम बैतडीले भने वर्षाका कारण पानि परेर उपकरण खराब भएर फोन लाइनमा समस्या आएको हुन सक्ने बताएको छ ।
नेपाल टोलिकमको टावर हेर्ने इन्जिनियर लक्ष्मण चन्दले भने टावरमा आएको खराबि मर्मतका लागि प्राविधिकको टोलि पठाइने बताएका छन् । जिल्लाभरी नेपाल टेलिकमका अधिकाँश टावर सोलार प्यानलबाट चार्ज हुने टावर भएकाले बेला बेला समस्या आइरहन्छ । बिग्रिदा समयमै मर्मत नहुँदा नागरिकहरु समस्यामा पर्ने गरेका छन् ।




