Sagun Khabar
बैतडीको झुलाघाट नाकाबाट ८१ लाखको सामान भित्रियो, निर्यात शून्य 

बैतडी- बैतडीको झुलाघाट नाकाबाट ८१ लाखको सामान भित्रिएको  छ ।  गत वर्ष २०७८÷७९ मा जिल्लास्थित नेपाल–भारत सीमानाका झुलाघाटबाट  ८१ लाख २१ हजार ३ सय १४ रुपैँयाको सामान भित्रिएको महाकाली भन्सार कार्यालय  झुलाघाटका नायब सुब्बा प्रेम प्रशाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार श्रावण महिनामा भारतबाट ८ लाख ५५ हजार ५ सय २० ,भदौमा १० लाख ५३ हजार ९ सय ३, असोजमा, १३ लाख ३४ हजार ९ सय ८३, कार्तिकमा ९ लाख १९ हजार ३ सय ८२, मंसिरमा १० लाख ५५ हजार २२, पौषमा २ लाख ३८ हजार ३ सय ६३ रुपैँयाको सामान आयात भएको छ ।

यस्तै माघ महिनामा ४ लाख ९१ हजार ३ सय ७२, फागुनमा ५ लाख ८४ हजार ३ सय ८२, चैत्रमा ३ लाख ४ हजार ९ सय ५२ ,बैशाखमा २ लाख ३३ हजार ८९, जेठमा ४ लाख २९ हजार ५ सय २४ र असारमा ६ लाख २० हजार ६ सय २२ रुपैँयाको सामान भित्रीएको भन्सार कार्यालयका नायब सुब्बा काफ्लले बताए । 

चिनि दाल, भाँडाकुँडा, कपडा, चप्पल लगायतका सामानहरु आयात भएका उनले बताए । ८१ लाख बढीको सामान आयात हुँदा निर्यात भने शून्य रहेको उनको भनाई छ । यताबाट कुनै पनि सामान निकासि नभएको बताइएको छ ।

केहि वर्ष पहिले  घ्यु  निर्यात हुने गरेकोमा अहिले त्यो पनि नजाने गरेको महाकाली भन्सार कार्यालय झुलाघाटले  जनाएको छ । अहिले  व्यापारिक  प्रयोजनका लागि पनि सामान नआउने गरेको बताइन्छ । गत विगतको तुलनामा आयात पनि घटेको छ । सीमानाकामा मोटरेबल पुल नभएकाले अहिले व्यापारीहरुले तराईको  बाटोभएर  सामान ल्याउने  गरेका छन्  । 
  
यस्तै महाकाली भन्सार कार्यालय झुलाघाटले २३ लाख ६६ हजार८ सय ९७ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा भन्सार कार्यालय झुलाघाटले ४३लाख ६१ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा कम २३ लाख ६६ हजार८ सय ९७ मात्रै संकलन भएको हो ।

महाकाली भन्सार कार्यालय झुलाघाटले गत आर्थिक वर्षमा  भन्सार महशुलबाट १६ लाख ३ हजार ८ सय ७३, भन्सार सेवा दस्तुरबाट ८७ हजार ५ सय, मुल्य अभिवृद्धिकर ६ लाख ६३ हजार ४ सय ६८, अन्तरशुल्कबाट १२ हजार ५६ रुपैँया राजस्व संकलन गरेको  बताएको  छ ।

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update