बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं २ स्थित दोगडा मन्दिरमा बाढीले क्षति पु¥याएको छ । भकुन्डेखोलाबाट आएको पहिरोसँगैको बाढीले ढिकगाढ खोला किनारमा रहेको दोगडा मन्दिरको घेरपर्खाल बगाएको स्थानीय अर्जुन कुवँरले जानकारी दिए ।
लगातारको वर्षाका कारण ३ गते आएको बाढीले हालसालै मन्दिरको सुरक्षाका लागि लगाएको पर्खाल बगाएको उनले बताए । यस्तै परापूर्वकालदेखि चढाएका २ ओटा खम्बा, केहि घन्टीहरु समेत बाढीले बगाएको बताइएको छ ।
पर्खाल बाढीले बगाउँदा मन्दिर पनि जोखिममा परेको छ । उनका अनुसार गाउँलेहरुले हालै चन्दामार्फत ३ लाखको लागतमा निमार्ण गरिएको पर्खाल बगाएको छ ।
पर्खाल भत्काएपछि स्थानीयहरुले जाली भरेका र ती पनि बाढीले भत्काएको बताइएको छ । मन्दिरको सुरक्षाका लागि करिब ६० जालीको आवश्यकता रहेको स्थानीय कुवँले बताए ।




