Sagun Khabar
जिल्ला हुलाक कार्यालय बैतडीमा  कर्मचारी अभाव

बैतडी- जिल्ला हुलाक कार्यालय बैतडीमा दरबन्दी अनुसारका कर्मचारी छैनन् । कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी अभाव रहेको जिल्ला हुलाक कार्यालय बैतडीका प्रमुख टिका सिंह रावलले जानकारी दिए ।

कार्यालयमा ६३ जना हुलाकिको दरबन्दी रहेकोमा ४२ जना कार्यरत रहेको २० जनाको दरबन्दी रिक्त रहेको उनले बताए । यस्तै १४ जना खरिदारको दरबन्दी रहेकोमा ३ जना मात्रै कार्यरत रहेका छन् भने ११ जना खरिदारको पनि दरबन्दी रिक्त रहेको बताइएको छ ।

रिक्त रहेकाको पदपुर्तीका लागी लोक सेवा आयोग संग माग गरिएको भएपनि अहिले सम्म पदपूर्ती हुन नसकेको कार्यालय प्रमुख रावलले बताए । यस्तै कार्यालयमा २९ जना हल्काराको दरबन्दी  रहेकोमा ५ जना स्थायी र १७ जना करारका गरी २२ जना कार्यतर रहेका र ७ जनाको पद रिक्त रहेको कार्यालयले जनाइएको छ ।

हुलाक कार्यालय प्रमुख रावलाका अनुसार  दैनिक चिट्ठीपत्र आदान प्रदान, पत्रपत्रिका सहुलियत दरमा पठाउने कार्यका लागि दर्ता तथा नवीकरण, एफएम रेडीयोहरुको दर्ता नवीकरण तथा रोयल्टी सकंलन र नेपाल सरकारबाट तोकिएका लोककल्याणकारी विज्ञापन प्रसारण गर्न लगाउने, अनुुगमन गर्ने काम हुलाकले गर्ने गरेको छ ।

यस्तै राजस्वसंकलन,  सरकारी तथा गैरसरकारी कार्यालयहरुमा जनताको हितका लागि के कस्ता कार्यहरु भैइरहेका छन, जानकारी दिन सूचना आधिकारीको नियुक्ति छ की छैन्, सूचना सम्बन्धी उजुरीहरुको संख्या माग गरेर सम्बन्धित निकायमा पु¥याउने काम समेत हुलाक कार्यालयले गर्ने गर्दछ । 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update