Sagun Khabar
बैतडीमा महिलाका नाममा उद्योग दर्ता हुने क्रम बढ्दै 

बैतडी- पछिल्लो समय बैतडीमा महिलाका नाममा पनि उद्योगहरु दर्ता हुन थालेका छन् । घरेलु   तथा साना उद्योग कार्यालय बैतडीका अनुसार केहि वर्ष यता जिल्लामा महिलाको नाममा दर्ता हुने उद्योगहरुको सङख्या बढेको हो ।

आर्थिक वर्ष २०७८÷७९ मा ७ सय ५४ उद्योगहरु  दर्ताभएकोमा २ सय ७१ उद्योग महिलाको नाममा दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालय बैतडीका सूचना अधिकारी लक्षमण साउँदले जानकारी दिए । यस्तै २०७७÷७८ मा १ सय ३१लघु ४सय१८ घरेलु, ४५साना उद्योग दर्ता भएकोमा २ सय ३७ उद्योग महिलाको  नाममा दर्ता भएका छन् । महिलाको नाममा उद्योग दर्ता गर्दा राजस्व कम लाग्ने भएकाले पनि अहिले महिलाको नामम उद्योगहरु दर्ता गर्नेको सङख्या बढ्दै गएको सूचना अधिकारी साउँदले बताए ।

महिलाको नाममा उद्योगहरु दर्ता भए ५० प्रतिशत राजस्व छुट हुने गरेको उनको भनाई छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले सहुलियतमा  कर्जा दिने भएकाले पनि महिलाको नाममा अहिले उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको हो । यस्तै अहिले जिल्लामा उद्योग दर्ता गर्नेहरु पनि बढेका बताइएको  छ ।

 केहि वर्ष अघि र अहिलेको तथ्याँक हेर्दा जिल्लामा उद्योगहरु दर्ता गर्ने संख्या दोब्बरले बढेको घरेलु तथा साना उद्योग कार्यालय बैतडीले जनाएको छ । अहिले घरेलु तथा साना उद्योग बैतडीको कार्यालयमा लघु,घरेलु र साना गरि ३ हजार ५ सय ९० उद्योगहरु दर्ता भइसकेका छन् ।

जिल्लामा उद्योगको संख्यात्मक स्वरुप बढ्दै गएपनि उत्पादन र रोजगारीको क्षेत्र भने फराकिलो नबनेको पाइएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update