बैतडी- बैतडीमा पहिरोले खानेपानीको पाइपलाइन बगाउँदा नागरिकहरु समस्यामा परेका छन् । लगातारको वर्षा संगै आएको पहिरोले खानेपानीको पाइपलाइन बगाएपछि सुर्नया गाउँपालिका वडा नं ८ सेला गाउँका एक सय परिवारलाई खानेपानीको समस्या भएको थानीय राम बहादुुर साउँद जानकारी दिए ।
पहिरोले स्थानीयका खेत सहित खानेपानीको मेनलाईन बगाएको उनले बताए । पहिरोले खानेपानीको पाइपलाइन क्षति¥याएपछि अहिले आफुहरु समस्यामा परेका स्थानीय धनी साउँदले बताए । अहिले खानेपानीको जोहो खोलाबाट गर्नुे परेको स्थानीयहरुको भनाई छ ।
यस्तै पहिरोले स्थानीयहरुको खेती योग्य जमिन समेत बगाएको छ । पहिरोले दिपेन्द्र साउँद , बिरेन्द्र साउँद, जनक साउँद, बसन्त साउँद,कमल साउँद, रमेश साउँद र धनी साउँदको मकै लागाएको जमिन बगाएको स्थानीय रामले बताए । पहिरोले सेला गाउँमा ठुलो क्षती गरेको उनको भनाई छ ।
केहि दिन पहिले सो ठाउँमा स्थानीय धनी साउँदको दुई कोठे घर पहिरोले भत्कीएको थियो । पसल थापेको घर भत्कीदा २० लाखको क्षती भएको थियो । अहिले पहिरो पिडीत नागकिहरुले क्षतिपूर्तीको माग गरेका छन् भने खानेपानी सञ्चालनका लागि स्थानीय सरकारलाई अनुरोध गरेका छन् ।




