Sagun Khabar
विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी 

बैतडी- विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा  जिल्लाको  मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका पाँच जना  बिरामी परेका हुन् ।

बिरामी पर्नेमा १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन् ।

मङ्गलबार बिहान जङ्गलबाट टिपेर ल्याएको च्याउ उनीहरु सबैले खाएका बताइएको  छ ।  च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थालेपछि स्वास्थ्य केन्द्र लगिएको थियो ।

उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भएको र अहिले  सञ्चो लागि सकेको  मेलौली नगरपालिकाका स्वास्थ्य  संयोजक नरायण चन्दले जानकारी दिए। जंगलमा अहिले बिषालु च्याउहरु पनि उर्मिएकाले राम्रो संग पहिचान गरेर मात्र खान स्वास्थ्यकर्मीहरुले  सुझाएका छन् ।    

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update