Sagun Khabar
बैतडीको  मेलौलीमा गाउँ -गाउँमा गएर सामाजिक सुरक्षा भत्ता वितरण  

बैतडी- बैतडीको मेलौली नगरपालिकामा  गाउँ गाउँमा गएर सामाजिक सुरक्षा  भत्ता वितरण भइरहेको छ ।  नगरपालिका र  मेलौलीमा रहेको एनसीसी बैंकको  शाखाले  बुधबारबाट गाउँ टोलमा  गएर  सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको हो ।

वृद्ध वृद्धा तथा अपाँगता भएका नागरिकहरुको सहजताका लागि बैँक संग सहकार्य गरेर गाउँ गाउँमा गएर  सामाजिक  सुरक्षा भत्ता वितरण भइरहेको मेलौली नगरपालिकाक नगर प्रमुख भिम बहादुर चन्द (भुकम्प)ले  जानकारी दिए ।  

वर्षादको समयमा स्तरिय बाटो नभएका कारण आवत जावत गर्न पनि समस्या भएका बेला उनिहरुलाई केहि राहत पुगोस  भनेर गाउँ गाउँमा जाने  निर्णय गरेका उनको  भनाई छ । सामाजिक सुरक्षा भत्ता वितरणमा जनप्रतिनिधि ,नगर प्रमुख चन्द ,एनसीसी बैंक मेलौली शाखाका प्रबन्धक महेन्द्र बहादुर चन्द, र कर्मचारि खटिएका छन् ।

यसरि मेलौली नगरपालिकाले गाउँ गाउँमा गएर  भत्ता दिन थालेपछि नागरिकहरु पनि खुसि भएका छन् । वर्षादको समयमा गाउँ–गाउँमा गएर भत्ता वितरण गर्ने कार्य प्रशंसनिय रहेको  स्थानीय  महेश पन्तले  बताए ।

 नगर सरकारले  सामाजिक  सुरक्षा वितरणको सन्दर्भमा सहि निर्णय गरको उनको भनाई  छ । वडा नं १ को  जर्केु टोलबाट  सामाजिक  सुरक्षा भत्ता वितरण गर्ने कार्यको शुभारम्भ गरिएको र यो अभियान सबै वडामा लागु हुने मेलौली नगरपालिका वडा नं  ८ का वडा अध्यक्ष तपेन्द्र जंग विष्टले  बताए । 

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update