Sagun Khabar
रेडक्रस बैतडीले दियो जिल्ला आपतकालीन  कार्य सञ्चालन केन्द्रलाई विपद् सामग्री 

बैतडी-नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले जिल्ला आपतकालीन   कार्य सञ्चालन केन्द्रलाई विपद्  सामग्री हस्तान्त्रण गरेको छ ।  विपद् पूर्व तयारी कार्यक्रम अन्तरगत नेपाल रेडक्रस सोसाइटी शाखाले बुधबार जिल्ला आपतकालीन   कार्य सञ्चालन केन्द्रलाइ विपद् सामग्री हस्तान्त्रण गरेको  रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति भिमदत्त पाण्डेयले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई विपद्का बेला प्रयोग हुने  खोज तथा उद्धारका सामग्री हस्तान्तरण गरिएको उनले बताए ।

वर्षादको  समयमा  हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै खोज तथा उद्दारमा सहयोग पुगोस् भन्ने उद्येश्यले सामग्री हस्तान्तरण गरिएको रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति पणडेयले बताए ।  

गैटी, बेल्जा, परुवा, साबेल रेनकोट, टर्चलाइट लगायतका सामग्री हस्तान्तरण गरिएको बताइएको छ । प्राप्त सहयोगले उद्धार कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको  छ ।  

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update